राजस्व चुहावट गरेको आरोपमा ६ जनाविरूद्ध ४२ करोडको मुद्दा दर्ता

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ । विभागले आइतबार उच्च अदालत पाटनमा ४२ करोड ४ लाख ७६ हजार ७४६ रुपैयाँ बराबरको राजश्व चुवाहट गरेको भन्दै मुद्दा दायर गरेको हो।

पर्सा वीरगन्ज महानगरपालिका– २८ का रामेश्वर पण्डित भन्ने रामेश्वर तिवारी, काभ्रे पाँचखाल नगरपालिका–४ का ३१ वर्षीय श्यामबहादुर श्रेष्ठ, गुल्मीका विष्णु एन्ड विकेश सप्लायर्सका प्रोप्राइटर ४२ वर्षीय विष्णुप्रसाद घिमिरे, कारोबार हेर्ने व्यक्ति तथा रमाशंकर गुप्ता र ४२ वर्षीय मनोज साह कलवार छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका–१३ ताहचल बस्ने भारतीय नागरिक विमला इन्टरनेशनलको कारोबार हेर्दै आएका ३२ वर्षीय अमितकुमार अग्रवाल छन् । श्यामबहादुर भने ना. ७ ख १६७ नम्बरको ट्रकका धनी तथा चालक हुन् । उनीहरूमाथि राजस्व चुहावट गर्ने मनसायले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरू काठमाडौंमा ल्याएर बेचेको आरोप छ ।

विभागले उनीहरूविरूद्ध बिगो र त्यसको शतप्रतिशत जरिवाना हुनेगरी जम्मा २२ करोड ९५ हजार ४३० रुपैयाँ जरिवाना र कैद सजायको माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *