काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–३ स्थित मालपोत कार्यालयका एक कर्मचारी २० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार सेवाग्राहीसँग घुसबापत लिएको २० हजार रूपैयाँसहित मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
