कबिलासी नगरपालिका मेयर एमाले प्रवेश गर्दै, स्वागत गर्न सर्लाही पुग्दै ओली

सर्लाही। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) वाट बिजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव नेकपा एमाले प्रवेश गर्ने भएका छन्।

आज सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत् मेयर यादवलगायत बिभिन्न पार्टीवाट बिजयी वडा अध्यक्ष र बिगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन्। आज सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्वोधन गर्ने छन्।

पार्टी प्रवेश कार्यक्रमार्फत लालबन्दी नगरपालिका–११ मा माओवादीवाट बिजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीवाट पर्सा गाउँपालिका–३ मा बिजयी वडा अध्यक्ष भीखारी साहसहित कांग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीवाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत बिभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *