स्वार्थको सम्बन्ध गाँसेकाहरुको अवसान हुनु अनिवार्य छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन भत्किनु अनिवार्य भएको बताएका छन् । सत्ता गठबन्धनभित्र खटपट चलिरहेका बेला शनिबार सामाजिक संजालमार्फत महासचिव पोखरेले स्वार्थको सम्बन्धमा गाँसेकाहरुको अवसान हुनु अनिवार्य भएको बताएका हुन् ।

उनले भनेका छन्, राजनीतिक सम्बन्धलाई भत्काएर स्वार्थको सम्वन्ध गाँसेकाहरुको अवसान हुनु अनिवार्य छ । गठवन्धन बीचको खटपटले त्यही संकेत गर्दैछ ।’ सत्तारुढ पाँच दलले चुनावी तालमेल गर्ने सहमति गरेपनि तल्ला तहमा नेता कार्यकर्ताले त्यसलाई नमान्ने बताएका छन् । खासगरी नेपाली कांग्रेसका स्थानीय तहका नेता कार्यकर्ता तालमेल नगरी एक्लै चुनावमा जानुपर्ने पक्षमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *