६.२० प्रतिशतले बढ्यो सार्वजनिक ऋण

काठमाडौं। चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.२० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब रुपैयाँ बढीले बढेको अर्थमन्त्री जनार्दन शर्माले बताए । हाल कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिएका छन्।

सार्वजनिक ऋण गत आर्थिक वर्षमा कायम भएको कुल गार्हस्थ्य उत्पादनको ४३.४० प्रतिशत रहेको भन्दै अर्थमन्त्री शर्माले हालसम्म ७० अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋणको साँवा तथा व्याज भुक्तानी भएको तथा चालू आर्थिक वर्षभित्र थप ४० अर्ब भुक्तानी गर्नुपर्ने जानकारी दिए।

आव २०७७/०७८ को आर्थिक सर्वेक्षणले २०७७ फागुन मसान्तसम्म मुलुकको खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको देखाएको थियो । उक्त समयमा सोही अवधिको कुल गार्हस्थ्य उत्पादन ३७.३० प्रतिशत रहेको थियो । कारोबार राष्ट्रिय दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *