हैदरावादलाई गुजरातको मध्यम लक्ष्य

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत जारि खेलमा गुजराज टाइटान्सले सनराइजर्स हैदरावादलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईमा जारि खलमा गुजराजले हैदरावादलाई जीतको लागि १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर ब्याटिङ गर्न उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको हो । गुजरातको लागि हार्दिक पाण्ड्यले अर्धसतक पुरा गरे । उनले ४२ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५० रन जोडे । यस्तै अभिनव मनोहरले २१ बलमा ५ चौका र १ छक्कासहित ३५ रन बनाउँदा माथ्थेउ वेडले १९, डेभिड मिल्नरले १२ र साइ सुधर्सनले ११ रनको योगदान गरे ।

 

हैराबादको लागि भुवनेश्वर कुमार र टि नतार्जनले २/२ विकेट लिँदा मार्को जान्सेन र उम्रान मालिकले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *