केही मानिसको सन्किपनले देशको नीति भाँडिएको भट्टराईको आरोप

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसको सन्किपनले देशको नीति भाँडिएको आरोप लगाएका छन् । सोमबार आठौं वैज्ञानिक सम्मेलनमा सचिव भट्टराईले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए ।

भट्टराईले नेपालले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले जनशक्ति उत्पादनमा दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *