सेनाको अभ्यास स्थलमा भेटिएको विस्फोटक पदार्थ फुटाएर बेच्‍न खोज्दा…

काभ्रे। सैनिक इलाकामा भेटिएको विस्फोटक पदार्थ घरमा ल्याएर फुटाएर बेच्‍न खोज्दा पड्किएर काभ्रेमा एक जना घाइते भएका छन् ।

सेना तालिमका क्रममा पड्काएको मोर्टार बम घरमा ल्याएर कवाडमा बेच्नको लागि फुटाउन खोज्दा बनेपा –२, घिमिरे गाउँमा २४ बर्षीय मोहन विक घाइते भएका छन् । गम्भिर घाईते विकको ग्वार्काेस्थित विएण्डवि अस्पतालमा उचार भइरहेको छ ।

मोहनको दाहिने हातको आधा भाग क्षति भएको छ भने टाउकोमा चोट लागेको छ । बनेपा-२, का केही स्थानीयहरूले सामुदायिक जङ्गलमा नेपाली सेनाले अभ्यासका लागि विस्फोट गराएका बमका टुक्राहरू (सिसा, फलाम, तामा लगायत) सङ्कलन गरी प्रशोधन गरी विक्री वितरण गर्दै आइरहेका छन् ।

मोहनको परिवारले नेपाली सेनाले अभ्यासका लागि विस्फोट गराएका बमका टुक्राहरू सङ्कलन गर्ने गरेका थिए । मोहनको घरमा ५ वटा मोर्टार ल्याएको र फुटाएर हेर्ने क्रमा विस्फोट भएको हो । अन्य चार वटा बम सेनाको धुलिखेलस्थित विष्णु दल गणको टोलीले डिस्पोज गरेको छ ।

फोटोः देवराज केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *