गठबन्धनभित्र चुनावी तालमेलको सकस, सहमति जुटाउन समय थप्ने निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेलबारे निर्णय गरेर पठाउने म्याद थप गर्ने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर प्रतिवेदन पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले  चैत्र मसान्तभित्र पाँच दलीय बैठक राखी आवश्यक सहमति कायम गरी केन्द्रमा पठाउन निर्देशन गर्ने निर्णय गरेको छ । यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको समय दिइएको थियो ।

यस्तै सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष पनि निकालेको छ । समितिको बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ । सरकारमा रहेका पाँच दलले स्थानीय तह निर्वाचनमा गठबन्धन कायम राख्न कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *