एमालेबाट विराटनगरको मेयरको उम्मेदवारमा पशुराम बस्नेत सिफारिश

काठमाडौं । पूर्व क्षेत्रमा डनका रुपमा चर्चित पशुराम बस्नेत विराटनगरको मेयरको उम्मेदवारका लागि नेकपा  (एमाले)बाट सिफारिश भएका छन् । उनी अन्य ४ सहित नाम सिफारिश भएका हुन् ।

बस्नेत गुण्डागर्दीका कारण विवादमा आइरहन्छन् । उनको विराटनगरलगायत आसपासका क्षेत्रमा ठूलै सञ्जाल छ । एमालेको प्रदेश खेलकुद परिषद्को उपाध्यक्ष समेत बनेका पशुराम बस्नेत लामो समय युवा संघमा रहेर काम गरे । उनी कुनै बेला महेश बस्नेतसँग निकट थिए ।

पशुराम बस्नेतको समूहले पूर्वका विभिन्न व्यवसायमा संगठित रुपमा प्रभाव बनाउँदै आएको छ । उक्त समूह आपराधिक क्रियाकलापमा लागेको विषय पनि चर्चामा आउने गरेको छ ।

यसअघि एमालेबाट विराटनगरको मेयर बन्ने चर्चामा आएका पूर्वमन्त्री लालबाबु पण्डितको नाम सिफारिशमा समेत परेन । उनले मेयरमा बढ्ने इच्छा देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *