मुलुकको आर्थिक अवस्थाबारे एमालेले पार्टीको धारणा सार्वजनिक गर्दै

काठमाडौं । नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ । आज मध्यान्ह पत्रकार सम्मेलन गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमालेबाट विगतमा अर्थमन्त्री बनेका डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले धारणा राख्नेछन् । सोही पत्रकार सम्मेलनबाट अर्थतन्त्र संकटमा परेको बेला गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको विषयमा पनि औपचारिक धारणा आउने रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *