४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नरलाई निलम्बन: नेम्वाङ

इलाम। संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले ४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नरलाई अहिलेको सरकारले निलम्बित गरेको बताएका छन् । आयस्रोत नै नखुली विदेशबाट आएको ४० करोड रकम वैधानिक बनाउनुपर्ने सरकारको आदेश नमान्दा पदबाट निलम्बित गरेको बताएका हुन ।

आफ्नो गृह जिल्लामा जनवर्गिय सङ्गठन संयन्त्र इलामको विस्तारित भेलालाई संवोदन गर्दे नेम्वाङले सरकारले राम्रो काम भन्दा पनि नकारात्मक काम गर्नमा अघि बढेको बताए । ८८ दिनमा पूर्णता पाएको गठबन्धन सरकारका एक सय दिनका काम राम्रो गर्ने तर्फभन्दा पनि कसरी नराम्रो गर्ने तर्फ केन्द्रित भएको आरोप लगाए । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *