रियल म्याड्रिडको सहज जीत

एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा गेटाफेलाई २-० गोलले पराजित गर्दै म्याड्रिडले शिर्ष स्थानमा १२ अङ्कको अग्रता लिएको हो ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन केसेमिरो र लुकास भास्क्वेजले एक/एक गोल गरे । खलको ३८ औं मिनेटमा भिनिसियसको क्रसमा केसेमिरोले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा रोड्रिगोको पासमा लुकासले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा रियल म्याड्रिड २-० गोलले विजयी भयो ।

जीतसँगै म्याड्रिड ३१ खेलबाट ७२ अङकको साथ शिर्ष स्थानमा यथावत छ भने पराजित गेटाफे ३२ अङ्कको साथ १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *