युरोपेली आयोगकी अध्यक्ष युक्रेन भ्रमणमा

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छन् । रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी युक्रेन गएकी हुन् । युक्रेनको बुच सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उनले स्थलगत अवलोकन गरेकी हुन् ।

स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लेयनले घटनास्थलमा दयनीय अवस्था रहेको जानकारी दिइन् । उनले घटनास्थलमा मानव अधिकारको चरम उल्लंघन भएको र मानवीय संकट रहेको पनि बताइन् ।

बुचमा नरसंहार भएकाले त्यसका विरुद्धमा आवाज उठाउदै लड्नु पर्नेमा पनि उनले जोड दिइन् । अध्यक्ष लेयनले त्रासदीपूर्ण घटनाको भत्सर्ना गर्दै आगामी दिनमा यस्ता घटना नहुने सुनिश्चत गर्न पनि माग गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *