तीन साताअघि नै बनेको थियो हत्या योजना

उदयपुर । । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी सहपाठी १७ वर्षीया सरिता ढकाल (खत्री) उनको ठूलो बुवाको छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको एउटै कक्षामा पढ्ने अति मिलनसार सहपाठीको योजनामा बेलका नगरपालिका–३ डंगटोलस्थित बाँसघारीमा हत्या गरिएको थियो । बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेका थिए । ढलि सकेपछि दुवै जनाले कवितालाई ४० मिटर घिसार्दै लगी यशोदा खोला किनाराको काठको गोलिया पु¥याएर पुन ढुंगाले हिर्काई मरेपछि लुकाएका थिए ।

सरिता ढकाल (खत्री)ले दुई तीनसाता अघि नै कविता सुनुवारलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष दिएको बयानमा उल्लेख गरिएको छ । हत्या गर्ने दिन बिहान ४ बजेर ५ मिनेट जाँदा आरोपित ढकालले कविताको मोबाइलमा एसएमएस गरी विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षा (ट्युसन कक्षा) जान बोलाएको देखिन्छ । मृतक कविताले प्रयोग गर्ने मोबाइलमा सहपाठी ढकालले बोलाएर गएको तर विद्यालय पुग्नुअघि नै उनको ज्यान गए पनि सरिता भने विद्यालय नगएको देखिन्छ ।

हत्या आरोपित बेलका नगरपालिका–३ किराँत चोककी सरिता ढकाल (खत्री) घरमा बस्दै आए तापनि विनोद भने भारतको सिक्किम राज्य बियुङ घर भई एक वर्षदेखि काका जितबहादुर ढकालको घरमा बस्दै आएका थिए । मृतक कविताले आपूmलाई विद्यालयमा ससानो कुरामा चिढ्याउने, होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बयान दिएकी छन् । आपूmलाई अपहेलना गर्ने काम बारम्बार भएकाले आपूmले दाजु विनोद ढकाललाई भनी मार्ने योजना बनाएको उल्लेख गरिन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *