भिल्लारियलसँग बायर्न स्तब्ध

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग स्तब्ध भएको छ । गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा बायर्न भिल्लारियलसँग १-० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा भिल्लारियललाई जीत दिलाउन अर्नाउट डान्जुमाले एक गोल गरे । पहिलो हाफको आठौं मिनेटमा पारेजोको पासमा डान्जुमाले गोल गर्दै भिल्लारियललाई खेलमा अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेलमा भिल्लारियल १-० गोलले विजयी भयो ।

अब दुई टोलीबीचको दोस्रो लेग १२ अप्रिलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *