जनकपुरको मेयर बन्न वडाध्यक्षदेखि सांसदसम्मको दौडधुप

जनकपुरधाम । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन तयारीमा राजनीतिक दलहरू जुटेका छन्। दलका शीर्ष नेताहरू पनि मधेसमा आएर चुनावी गतिविधिमा सहभागी भइरहेका छन्।

विभिन्न दलबाट उम्मेदवारका आकांक्षीले पनि आन्तरिक रूपमा तयारी तीव्र बनाएका छन्। आकांक्षीहरूले टिकटका लागि शीर्ष नेताहरूसँग लबिङ गर्न थालेका छन्। टिकट पाउने सम्भावना नदेखिएका आकांक्षीले दल त्याग गर्ने क्रम पनि बढेको छ। तुलनात्मक हिसाबले अघिल्लो निर्वाचनभन्दा यसपालि बढी प्रतिस्पर्धा हुने देखिएको छ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। जनकपुरधामको मेयरमा विभिन्न दलका गरी करिब एक दर्जन आकांक्षीले दाबी प्रस्तुत गरिरहेका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *