मेसिनले चुँडाएको हात शल्यक्रिया गरी जोडियो

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा एक बालकको शरीरबाट चुँडिएको हात जोडिएको छ। धनुषाको जाँकी गाउँपालिका–८ का पाँच वर्षीय कुलदीप मण्डलको घाँस काट्ने मेसिनले चुँडालेको हात जोडिएको हो। ट्रमा सेन्टरको प्लास्टिक सर्जरी विभागका चिकित्सकले निरन्तर १५ घण्टा शल्यक्रिया गरी मण्डलको हात जोडेका हुन्।

प्लास्टिक सर्जरी विभागका प्रमुख डा पियुष दाहालको नेतृत्वमा प्लास्टिक सर्जन डा पशुपति पोखरेल, डा अपार लामिछाने, डा मिरन महर्जन, डा यम महर्जन, डा मनीष देवकोटा, डा अजय ढकाल, डा अनुरागसिंह थापा, डा सुरेशराज ढकाल, डा विजय यादवसहितको टोलीले मेसिनले चुँडाएको बालकको हात सफलतापूर्वक जोडेको हो। उक्त शल्यक्रियामा एनेसथेसिया विभागका प्रमुख डा रूपेश यादव, डा दीपेन्द्र र डा शरद खकुरेल सहभागी थिए।

नेपालमा यति सानो उमेरका बालकको मेसिनले चुँडाएको हात जोडिएको यो पहिलो पटक भएको दाबी चिकित्सकले गरेका छन्। गत फागुन ९ गते साँझ ५ः३० बजे घाँस काट्ने थे्रसर मेसिनमा तीनजना बालक खेलिरहेको अवस्थामा अर्का बालकले एक्कासि मेसिन चलाउँदा मण्डलको एउटा हात पूरै चुँडिएको थियो। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *