नेपाल मुस्लिम संघ वालिङद्वारा नगर भेला एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न

स्याङ्जा । नेपाल मुस्लिम संघ वालिङ द्वारा शनिबार बृहत भेला एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मुस्लिम संघ वालिङका अध्यक्ष जमाल अहमदको अध्यक्षतामा बसेको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं २ स्याङ्जाका सभापति एबम् वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाड रहेका थिए ।

यस्तै विशिष्ट अतिथिमा नेपाली कांग्रेस स्याङ्जाका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि बिष्णु पौडेल, महाधिवेशन प्रतिनिधि लक्ष्मी रेग्मी र लील बहादुर रनपाल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शाह मोहमद, नेपाली कांग्रेस वालिङ नगर कार्यसमितिका सभापति नेत्र पाण्डे,  दण्डु पंगेनी, प्रदेश प्रतिनिधि ध्रुव पंगेनी, गोविन्द पंगेनी, युग माया पंगेनी, पदम गुरुङ, सागर कुँवर,अहमद अलि ,अलि मियाँ,नेपाल मुस्लिम संघ स्याङ्जाका अध्यक्ष मनुर दीन मिया मुस्तफा मिया, कुदरत अलि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय सभापति दिलीप प्रताप खाड ले कांग्रेसी जनहरू अब घर दैलोमा पुगेर कांग्रेसको एजेण्डा जनता सामु लानु पर्ने कुरा व्यक्त गर्नु गरे । उनले कांग्रेस सदैव जनताको पक्षमा लडेको र अब आउने दिनमा पनि जनताको हक र अधिकारको लागि लड्ने कुरा व्यक्त गरे।

यस्तै विशिष्ठ अतिथि महाधिवेशन प्रतिनिधि बिष्णु पौडेलले फाटेको मन लाई टाल्दै अगाडि बढ्न पर्ने कुरा व्यक्त गरेका थिए । उनले आफू सदैव जनता माझ हुने र कांग्रेसले जिते मात्र लोकतन्त्र ले जित्ने कुरा बताउए । कार्यक्रममा ३१ जना विभिन्न पार्टी त्याग गरेर नेपाली कांग्रेस प्रवेश गरे भने नवप्रवेशीहरुलाई प्रमुख अतिथि खाडले सदस्यता हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *