एमाले अहिले झन् ठूलो भएको छ, आत्तिनु पर्दैनः अध्यक्ष ओली

खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट केही व्यक्ति जाँदैमा पार्टीलाई कुनै क्षति नपुगेको बताएका छन् । खोटाङको दिक्तेलमा शनिवार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिले जस्तै रहेको भन्दै कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गरेका हुन् ।

उनले अब स्थानीय तहको निर्वाचनमा पनि एमालेकै जित हुने दाबी गरे । उनले भने, ‘पहिले पनि एमाले फुट्यो तर जस्ताको तस्तै थियो । बरु अहिले त झन् ठूलो भएको छ, त्यसैले आत्तिनु पर्दैन ।’

उनले एमाले जहिले पनि समृद्धिको पक्षमा उभिएको र मुलुकको पक्षमा उभिने बताए । उनले एमालेको लोकप्रियतालाई देखेर जनादेशबाट बनेको सरकारलाई परमादेशले हटाएको बताए ।

उनले एमाले छाडेर गएकाहरुलाई निर्वाचनमा शिवजीले त्रिशुल हान्ने बताएका छन् । अध्यक्ष ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशूल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत निर्वाचनमा देखिने बताए । कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा समाहित हुनेहरूलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *