देउवा-मोदी भेटवार्ता आज

काठमाडौं। तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भ्रमणको दोस्रो दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।

देउवा र मोदीबीच अहिले विहान ११ः१० बजे प्रतिनिधिमण्डलस्तरीय कुराकानी हुनेछ। त्यसपछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान हुने कार्यक्रम छ। आजै अपराह्न साढे चार बजे देउवाले भारतका उपराष्ट्रपति एम वेनकाइया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदी र अन्य नेताहरूसँगको छलफलमा सीमा विवाद, व्यापार तथा लगानी, ऊर्जा, कनेक्टिभिटी, दुईपक्षीय संयन्त्रहरू सञ्चालन, बिटुबी र पिटुपी सम्बन्धलगायतका विषयलाई प्राथमिकता साथ राख्ने बताइएको छ।

भ्रमणका क्रममा इपिजी रिपोर्ट, पञ्चेश्वर परियोजना तथा रक्सौल–वीरगन्ज–काठमाडौं रेल सेवा विस्तारलगायतका विषयमा छलफल हुनसक्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *