एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिका मेयर धवल शम्मशेर राणाबीच भेटवार्ता भएको छ ।

नेपालगञ्जमा रहेका अध्यक्ष ओली र राणाबीच बिहीबार राति स्नेहा होटलमा भेटवार्ता भएको हो । अर्थपूर्ण रुपमा हेरिएको उक्त भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाईएको छ ।

स्थानीय चुनावमा तालमेल गरेर जाने विषयबारेसमेत उक्त भेटमा प्रारम्भिक छलफल भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *