ज्ञानेन्द्र शाहीलाई प्रवत्ता भन्दा माथिल्लो जिम्मेवारी, कार्यसम्पादन समिति सदस्य मनोनीत

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ता शाहीलाई पार्टीको कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन्। यो प्रवक्ताभन्दा माथिल्लो जिम्मेवारी हो।

पार्टी हाइकमाण्डको रूपमा २० जनाको कार्यसम्पादन समिति गठन गरिएको भोलिपल्ट मंगलबार शाहीलाई थपिएको हो। यसअघि शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियानसँग भएको सम्झौता अनुसार कार्यसम्पादन समितिमा मनोनीत गरिएको पत्रमा उल्लेख छ।

शाहीले राप्रपाको हितको लागि काम गर्ने विश्वास लिएको अध्यक्ष लिङ्‌देनले बताए। ३३ सदस्यीय हुने कार्यसम्पादन समितिमा अब ११ जना मात्रै मनोनीत गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *