USAID

विश्वकप छनोट: पोर्चुगल र टर्की भिड्दै

एजेन्सी । फिफा विश्वकप-२०२२ को छनोट अन्तर्गत हुने प्लेअफको पहिलो सेमिफाइनल खेलमा आज पोर्चुगल र टर्की भिड्दैछन् । इस्टेडियो डो ड्रागोमा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आजको खेलमा जित निकाल्ने टोली प्लेअफको फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीको विश्वकप खेल्ने सपना समाप्त हुनेछ । त्यसैलेपनि दुवै टोलीलाई आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । पोर्चुगल समूह ‘ए’को दोस्रो स्थानमा रहेपछि सिंधै विश्वकप खेल्ने अवसरबाट वन्चित भएको थियो ।

समुहचरणको अन्तिम खेलमा एलेक्सान्डर मेट्रोभिकले अन्तिम समयमा गोल गरेपछि पोर्चुगल सर्बियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो । जसको कारण पोर्चुगल सन् १९९८ पछि पहिलोपटक विश्वकप गुमाउने संघारमा पुगेको हो । आजको खेलमा जीत हात पार्ने टोलीले फाइनल खेलमा इटाली वा नर्थ म्यासेडोनियाको सामना गर्नेछ । उक्त खेलमा जीत निकाल्ने टोली विश्वकपको लागि छनोट हुनेछ भने पराजित हुने टोली बाहिरिनेछ ।

यता टर्कीेपनि समूह ‘जी’को दोस्रो स्थानमा रहँदै छनोटको अन्त्य गरेपछि प्लेअफमा पुगेको हो । युरो २०२० मा कुनै अङ्क जोड्न नसकी समूहचरणबाटै बाहिरिएको टर्की तेस्रोपटक विश्वकप खेल्ने लक्ष्यमा रहेको छ ।

यसअघि दुई टोलीबीच सन् २०१२ मा भएको मैत्रीपूर्ण खेलमा टर्की ३-१ गोलले पराजित भएको थियो ।

CivActsAd

Leave a Reply

Your email address will not be published.