स्थानीय तह निर्वाचन: मतगणना स्थलबाट भिडियो लाइभ हुने, टिकटकमा कडा निगरानी

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मतगणना स्थलबाट भिडियो लाइभ गर्ने व्यवस्था गर्ने भएको छ ।

संवेदनशील, रणनीतिक स्थल र खतराजनक मतगणना स्थलबाट निर्वाचन आयोगमा सिधै भिडियो लाइभको व्यवस्था गरिने भएको हो ।

मतगणना स्थलमा भइरहेको मतगणनाको विवरण केन्द्रमा बसेर प्रत्यक्ष हेर्ने र केही विवाद आए समाधानको गर्न भिडियो लाइभको व्यवस्था गर्न लागेको आयोगले जनाएको छ ।

आयोगको अनुसार लाइभ भिडियोको व्यवस्था गर्दा मतगणना स्थलमा भिडियो छायांकन गर्न र उक्त स्थलको वस्तुस्थिति बुझ्न सजिलो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *