विमानस्थलको सञ्चार प्रणालीमा खराबी आउँदा उडान तथा अवतरण ठप्प

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज दिनभर उडान प्रभावित हुने जनाएको छ । विमानस्थलले सञ्चार प्रणालीमा खराबी खाएका कारण आजको उडान प्रभावित हुने जानकारी दिएको हो ।

सञ्चार प्रणालीमा आएको खराबीको कारण आन्तरिक तथा बाह्र उडानहरु निर्धारित समयभन्दा ढिलो हुने र तालिका नै हेरफेर हुने जनाइएको छ। संचार उपकरण भएको विल्डिङमा पानी लिकेज भएर प्रणालीहरुमा आएको खराबीका कारण उडान प्रभावित भएका छन् ।

राडारमा समस्या देखिएपछि आन्तरिक तथा वाह्य उडानहरु प्रभावित बन्न पुगेका छन् । अहिले एउटा उडान भर्न १५ देखि २० मिनेटसम्म लाग्दै आएको छ । भनेकै समयमा उडान तथा अवतरण हुन नसकेपछि आज दिनभरका उडान प्रभावित हुने देखिएका छन् ।

आज उडान तथा अवतरमा डिले हुने देखिएको छ । हवाई कम्पनीहरुले समेत यात्रुलाई हवाई कम्पनीको सूचनाको आधारमा यात्रा गर्न आग्रह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *