USAID

एनआरएनए अध्यक्षमा विनोद कुँवर चयन

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा विनोद कुँवर चयन भएका छन् । होटल याक एण्ड यतिमा जारी १० औं महाधिवेशनबाट कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

कुँवर २०२१ देखि २०२३ सम्म अध्यक्ष रहनेछन् । त्यस्तै, उपाध्यक्षमा उमेश पुडासैनी, बाबु राम लामा, थर्क सेन, सुरेन्द्र सिग्देल, महिला उपाध्यक्षमा भोमा लिम्बु चयन भएका छन् । महासचिवमा बेल्जियमकी जानकी गुरुङ चयन भएकी छन् ।

सचिवमा जुनु गुरुङ, कोषाध्यक्षमा डिलाराम खरेल, अस्ट्रेलियका क्षेत्रीय संयोजकमा केशब कडेल, अमेरिकाका क्षेत्रीय संयोजकमा कृष्ण पोखरेल र युरोप क्षेत्रीय संयोजकमा उल्का घिमिरे चयन भएका छन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.