काठमाडौं । नेपालमा हुने एकदिवसीय र त्रिकोणात्मक टि-२० आई सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार दुवै सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने जनाएको हो ।
पपुवा न्युगिनीविरुद्ध हुने दुई खेलको एकदिवसीय सिरिज चैत ११ र १२ गते हुनेछ । लगत्तै चैत १४ गतेबाट त्रिकोणात्मक टि-२० आई सिरिज शुरु हुनेछ । सिरिजमा घरेलु टोली नेपाल, पपुवा न्युगिनी र मलेसिया रहेका छन् । डबल राउड रोबिनको आधारमा हुने सिरिजको शिर्ष दुई स्थानमा रहने टोली फाइनलमा भिड्नेछन् । फाइनल खेल चैत २१ गते हुनेछ ।
दुवै सिरिज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।