ज्ञानेन्द्र र विनोद बाहिर, टोलीमा दुई नयाँ अनुहार

काठमाडौं । घरेलु मैदानमा हुने एकदिवसीय र त्रिकोणात्मक टि-२० आई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई बाहिर राख्दै सिरिजको लागि दुई फरक टोलीको घोषणा गरेको हो ।

एकदिवसीय र टि-२० आई सिरिजको लागि घोषणा गरेको टोलीमा दुवै खेलाडी अटाउन सकेनन् । यस्तै अलराउण्डर करण केसी टि-२० सिरिज खेल्ने टोलीमा रहँदा एकदिवसीय टोलीमा छैनन् । यस्तै देभ खनाल र अदिल अन्सारी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । देभ एकदिवसीय टोलीमा छन् भने अदिल टि-२० आई टोलीमा रहेका छन् । लामो समयपछि विकेटकिप्पर ब्याट्सम्यान अनिल शाहपनि एकदिवसीय टोली पुनरागमन गरेका छन् ।

नेपालले २५ र २६ मार्चमा पपुवा न्युगिनीविरुद्ध दुई एकदिवसीय खेल खेल्नेछ । लगत्तै २८ मार्चबाट नेपाल, पपुवा न्युगिनी र मलेसियासम्मीलित त्रिकोणात्मक टि-२० आई सिरिज शुरु हुनेछ । दुवै एकदिवसीय र त्रिकोणात्मक टि-२० आई सिरिज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।
एकदिवसीय टोली:- सन्दीप लामिछाने(कप्तान), अरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह एरी, सागर ढकाल, कमल सिंह एरी, अनिल शाह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सरार्फ, देभ खनाल, गुल्शान झा, भिम शार्की

टि-२० आई टोली:- सन्दीप लामिछाने(कप्तान), अरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह एरी, सागर ढकाल, कमल सिंह एरी, असिफ शेख, करण केसी, अविनाश बोहोरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, कुशल मल्ल, अदिल अन्सरी

खेल तालिका:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *