USAID

युक्रेनी सेनाले सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाको भनाइ

रुसले अतिक्रमण गरेको एक महिना पुग्नै लाग्दा युक्रेनी सेनाले कतिपय ठाउँमा सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाले बताएको छ । युक्रेनी सेनाले खासगरि दक्षिणी भेगमा त्यस्ता कारबाही गरिरहेको पेन्टागनले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार अतिक्रमणकारी रुसी सेनाको कब्जामा पुगेका केही भूभागमा पुनः नियन्त्रण कायम गर्नेगरी युक्रेनी सेनाले सफलतापूर्वक कारबाही गरिरहेको छ । पेन्टागनका प्रवक्ता जोन कर्बीले युक्रेनीहरू खासगरि दक्षिणी भूभागका केही क्षेत्रमा प्रत्याक्रमणमा उत्रिएको बताएका छन् ।

दक्षिणको अर्को सहर भोज्नेसेन्स्कमा स्थानीय नागरिक तथा युक्रेनी सेनाले रुसी ट्याङ्कको एक लहरलाई नै ध्वस्त पारेर सहरमा आक्रमण गर्न खोज्ने रुसी सेनालाई पछि हट्न बाध्य पारेका छन् । राजधानी किएभको पश्चिममा रहेको माकारिभ नगरमा फेरि युक्रेनी झन्डा फहराइएको विवरण आएका छन् । तर दक्षिणी ब