USAID

भन्सार छली करोडौंको तस्करी

काठमाडौं। भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरि करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गरेको छ । नाकाहरूमा चोरी पैठारीमार्फत करोडौं मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामानको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गरेको हो ।

राजस्व विभागले तस्करी गर्नेहरूलाई पक्राउ गरी कारबाही थालेको छ । विभागले सुरक्षाकर्मीसहितको टोली नाकाहरूमा पठाएर अनुगमनलाई तीव्रता दिँदै आएको छ । विभागको विशेष सुरक्षा टोलीले केही दिनअघि विभिन्न नाकाबाट सामान तस्करी गरी काठमाडौं ल्याएर बिक्रीवितरण गरेका केही व्यक्तिलाई पक्राउ गर