नयाँ वर्षअघि उपत्यकामा मेलम्ची पानी कति सम्भव?

काठमाडौं। खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मात्र यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने बताए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुने उनको दाबी छ ।

सरकारका तर्फबाट चैतभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणको घोषणा यो पहिलो भने होइन, प्रधानमन्त्री शेरबहादुर देउवाले समेत प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ६ महिना पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि यो वर्ष मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका थिए ।

सरकारले चालू आर्थिक वर्षको बजेट व्यक्तव्यमा पनि सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउने घोषणा गरिएको छ ।

चैतको पहिलो हप्ता सम्पन्न हुँदा पनि विभागीयमन्त्रीदेखि सरकारका विभिन्न अधिकारीहरूले चैतभित्रै मेलम्चीको पानी आउने दाबी गर्दै आएका छन् ।

सरकारको दाबीजस्तै मेलम्ची खानेपानी चैतभित्रै काठमाडौं उपत्यकामा वितरण गर्नेगरी काम भइरहेको पाइन्छ । अहिले अस्थायी रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी भइरहेको हो ।

मेलम्ची खानेपानी विकास बोर्डका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त निर्माण कम्पनीले चैतभित्रै अस्थायी रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न सम्भव रहेको बताएकाले चैतभित्रै वितरण गर्न सम्भव रहेको बताउँछन् ।

अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङभित्र केही लेदो पसेको पाइएकाले त्यो सफा गर्ने काम सकिएपछि पानी हाल्ने काम सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *