नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से १७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ । सोमबार होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक, बीमा, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय ३१ वटा कम्पनीको ५१ लाख ८९ हजार कित्ता शेयर दुई अर्ब ५९ करोड २७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को २० करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनटीसीको शेयर झन्डै तीन प्रतिशतले घटेको छ । एनटीसीको शेयर लगातार घटिरहेको छ । चैत १ गते एनटीसीको शेयर प्रतिकित्ता एक हजार ६ सय ४८ रुपैयाँमा कारोबार भएकोमा आज एक हजार पाँच सय ६९ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *