USAID

चैत २५ गते राजधानीमा शक्ति प्रर्दशन गर्दै राप्रपा

काठमाडौं । स्थानीय तहको चुनावमा केन्द्रित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यहि चैत २५ गते राजधानीको खुलामञ्चमा आमसभा गर्ने भएको छ ।

पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुन गईरहेको आमसभालाई राप्रपाको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । उक्त बृहत आमसभालाई प्रभावकारी राप्रपाले बनाउन उपसमितिसमेत गठन गरिएको छ ।

आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएको छ । पछिल्लो समय देश दौडाहामा रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन एक महिना यता ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन् । उनले आज सुनसरीको चक्रघट्टीमा हुने आम सभालाई सम्बोधन गर्दैछन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.