USAID

लेस्चर प्रिमियर लिगको शिर्ष १० मा

एजेन्सी । लेस्चर सिटी इङ्लिस प्रिमियर लिगको शिर्ष १० मा उक्लिएको छ । आइतबार राति सम्पन्न खेलमा ब्रेन्टफोर्डलाई २-१ गोलले पराजित गर्दै लेस्चर प्रिमियर लिगको शिर्ष १० मा उक्लिएको हो ।

घरेलु मैदान किङ पावर रंगशालामा भएको खेलमा लेस्चरलाई जीत दिलाउन टिमोथी कास्टाग्ने र जेम्स माडिसनले एक/एक गोल गरे । ब्रेन्टफोर्डको लागि योएन विसाले एक गोल फर्काए । खेलको २० औं मिनेटमा बार्नेसको पासमा कास्टाग्नेले गोल गर्दै लेस्चरलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा माडिसनले फ्रि-किकमा गोल गर्दै लेस्चरको अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा म्बेउमोको पासमा विसए गोल गर्दै ब्रेन्टफोर्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा लेस्चर २-१ गोलले विजयी भयो ।

जीतसँगै लेस्चर २७ खेलबाट ३६ अङ्क जोड्दै लिगको दसौं स्थानमा उक्लिएको छ । पराजित बेन्टफोर्ड ३० खेलबाट ३० अङ्कको साथ १५ औं स्थानमा यथावत छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.