रसुवाको धुञ्चेमा रिम्वोर्कषेको मूर्ति निर्माण

रसुवा । रसुवाको सदरमुकाम धुञ्चेमा गुरु पद्म शंभव रिम्वोर्कषेको मूर्ति निर्माण गरिएको छ । धर्म, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिकास्थित पुनामा मूर्ति राखिएको छ ।

८३ लाख रुपौँको लागतमा उपभोक्ता समितिमार्फत निर्माण भएको पद्म सम्भव रिम्वोर्क्षेको मूर्तिलाई बौद्ध धर्म अनुसार बिहीबार पूजाआजा समेत गरिएकोे छ । मूर्तिको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ र रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङद्वारा संयुक्तरूपमा लामा विधिपूर्वक स्थापना गरेका थिए ।

स्थानीय बासिन्दाको चाहना अनुसार सो मूर्ति निर्माण भएको हो । सामान्य खालको संरचनबाट बनाइएका परम्पराको माने विसं २०७२ को भूकम्पले भत्काएपछि सो स्थानमा गाउँपालिकाले गुरु रिम्वोर्क्षेको मूर्ति स्थापना गरेको हो । गाउँपालिकाले रिर्वाेक्षेको मूर्ति, शङ्खउद्यान, फुटबल मैदान, गाउँ प्रवेशद्वार, धुञ्चे–खोदल तथा, धुञ्चे– सुर्काङ नागुङ सडक, गाउँमा नाली तथा पैदलमार्ग, रेडपाण्डा पार्क निर्माण ऐतिहासिक घले राजाको दरबार संरक्षणका कारण धुञ्चे क्षेत्रको सुन्दरता बढेको छ ।

धुञ्चेको इमरूङ क्षेत्रमा भने स्थानीय बासिन्दाको सहयोगमा बौद्ध स्तूप विगत पाँच वर्ष अगाडि निर्माण भइसकेको छ । नयाँ संरचना निर्माणबाट सुनसान बन्दै गएको धुञ्चे क्षेत्रलाई आन्तरिक एवं बाह्य पर्यटकको आगमन गराउन यहाँका युवा क्रियाशील रहेको स्थानीय निमावाङ्चु तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *