Skip to content
सोमबार, २२ मङि्सर २०८२
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

४ चैत, २०७८नेपाल समाजगण्डकी

तनहुँ । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो ।

महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ । तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताए । “महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ”, उनले भने । त्यसमध्ये दुई थुनुवा र नौ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिए । तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

ती महिलालाई पनि महिला बन्दीगृहमै राखिएको अधिकारीले बताए । तनहुँमा निर्माण गरिएको महिला बन्दीगृहमा २० जना राख्न मिल्ने क्षमता छ । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ । कारागारको पुरानो कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो ।

गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुग हुँदा चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो ।

सम्बन्धित खवर

चीनमा पर्यटन प्रवर्द्धन गर्दै नाट्टा गण्डकी

चीनमा पर्यटन प्रवर्द्धन गर्दै नाट्टा गण्डकी

१ बर्ष अघि
वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

२ बर्ष अघि
पृथ्वीचोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक

पृथ्वीचोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक

२ बर्ष अघि
तनहुँका दश स्थानीय तहद्वारा बजेट प्रस्तुत, शुक्लागण्डकीको एक अर्ब २८ करोड ३१ लाखको बजेट

तनहुँका दश स्थानीय तहद्वारा बजेट प्रस्तुत, शुक्लागण्डकीको एक अर्ब २८ करोड ३१ लाखको बजेट

२ बर्ष अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

एमाले महाधिवेशन प्रतिनिधिलाई बासको व्यवस्था गरिने

एमाले महाधिवेशन प्रतिनिधिलाई बासको व्यवस्था गरिने

६ घण्टा अघि
चक्रवातका कारण श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

चक्रवातका कारण श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

७ घण्टा अघि
ग्रीसमा १८ आप्रवासी मृत फेला

ग्रीसमा १८ आप्रवासी मृत फेला

७ घण्टा अघि
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

८ घण्टा अघि
महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

९ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy