तराई तथा मधेसवासीले आज होली मनाउँदै

काठमाडौं। आज पनि होली मनाइँदैछ । रंगहरूको पर्व होली आन तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासका साथ मनाइँदैछ । आज राजधानीमा बस्दै आएका तराई मुलका नागरिकले समेत होली मनाउँदै छन् ।

पहाडी जिल्लामा विहिबार (हिजो) नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाउन लागिएको हो ।होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ ।हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । तराईमा होलीको विशेष महत्व छ ।

यता, काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा बिहीबार हर्षोल्लाससहित फागु पूर्णिमा अर्थात होली मनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *