काठमाडौं । भारतमा जारी साफ यु-१८ महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध जारी खेलमा नेपाल पछाडि परेको छ । पहिलो हाफको समाप्तिमा नेपाल बंगलादेशसँग ४-१ गोलले पछाडि रहेको छ ।
जम्शेदपुरमा जारी खेलको पहिलो मिनेटमै अफिदा खानडेकरले गोल गर्दै बंगलादेशलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ३० औं मिनेटमा दीपा शाहीले सुन्दर गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन् । ३३ औं मिनेटमा अक्लिमा खातुनले गोल गर्दै बंगलादेशलाई फेरि अग्रता दिलाइन् ।
३४ औं मिनेटमा इती खातुनले डि-बक्स एरिया बाहिरबाट गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन् । यस्तै ४३ औं मिनेटमा नेपाली गोलकिप्पर सावित्रीको गल्तीको फाइदा उठाउँदै शाहदा अक्तर रिपाले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा ४-१ गोलको अग्रता दिलाएकी हुन् । दोस्रो हाफ केही बेरमा शुरु हुनेछ ।
मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग ७-० गोलको फराकिलो हार बेहोरेको थियो ।
