युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमा आक्रमण गरेर ‘युरोपको स्वतन्त्रताविरुद्ध नयाँ पर्खाल बनाइरहेको’ भन्दै त्यसलाई रोक्न थप कदम चाल्न अपील गरेका छन् ।
उनले युक्रेनले युद्धअघि रुससँगको आर्थिक सम्बन्ध सीमित पार्न जर्मनीलाई बारम्बार भनेको उल्लेख गर्दै बर्लिनले रुसलाई ‘स्वतन्त्रता र दासत्वबीचमा’ पर्खाल खडा गर्न सघाएको बताए ।
किएभबाट बर्लिनस्थित जर्मन संसद्लाई सम्बोधन गर्दै उनले जर्मन चान्सलर ओलाफ सोल्टस्लाई भने,‘प्रिय सोल्ट्स्ःयो पर्खाललाई भत्काउनुहोस्।’ जेलेन्स्कीले रुस विरुद्ध प्रतिबन्धहरू ढिला लगाइएको र त्यस्ता कदमहरू मात्रै पर्याप्त नहुने बताएका छन् ।
जर्मन संसद्मा उनले १० मिनेट सम्बोधन गर्दा सांसदहरूले उठेर उनीप्रति सम्मान व्यक्त गरेका थिए । सांसद्हरूलाई रुसी युद्ध अन्त्य गर्न सघाउन अनुरोध गर्दै उनले दोस्रो विश्वयुद्ध र कम्युनिस्ट शासन ढल्दाको जर्मन अनुभवको चर्चा गरेका थिए।