युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेका जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको छ । पोल्यान्ड आएका झन्डैै पाँच लाख मानिस अन्यत्र गइसकेको वार्सा विश्वविद्यालयमा कार्यरत आप्रवासनसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक माचे दुश्चकले बताएका छन् । बुधवार मात्र ६० हजार मानिसले सीमा पार गरेका सीमा सुरक्षाबलले जनाएको छ।
उक्त सङ्ख्या मङ्गलवारको भन्दा ११ प्रतिशत कम हो । बिहीवार जीएमटी ६ बजेसम्म १२ हजार जना युक्रेनबाट पोल्यान्ड प्रवेश गरेका थिए। बुधबार सोही अवधिमा सीमा पार गर्ने मानिसको सङ्ख्या १३ हजार ६०० थियो । पोल्यान्ड छिरेका अधिकांश शरणार्थीहरू वार्सा, क्राको र व्रोक्लाजस्ता ठूला सहरमा गएका छन्।