टस हारेको नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ । शरजाह क्रिकेट स्टेडियममा हुने खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने निम्तो पाएको छ ।

नेपाल आज हुने खेल जित्दै सिरिजको सुखद शुरुवात गर्न चाहन्छ । विश्वकप लिग-२ को छैटौं स्थानमा रहेको नेपाललाई यस सिरिजमा सक्दो जीत निकाल्दै स्थान सुधार गर्ने मौका रहेको छ । हाल नेपालले ८ खेलबाट ८ अङ्क जोडेको छ । लिगमा नेपाल सबैभन्दा कम खेल खेल्ने टोली हो ।

नेपालले सिरिजको तयारीको रुपमा श्रीलंकामा खेलेको ४ मध्य ३ अभ्यास खेल जीत निकालेको थियो भने एक खेलमा पराजित भएको थियो । तर बलियो टोलीसँग खेल्न नपाउँदा अझै टोलीको कमजोरी पत्ता लगाउन नसकेको नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले बताएका थिए ।

यता पीएनजी भने लिगमा पहिलो जीतको खोजीमा रहेको छ । लिगमा १३ खेल खेलिसकेको पीएनजीलै अझै जीतको खाता खोल्न सकेको छैन । हिजो मंगलबार भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमापनि पीएनजी युएईसँग ७ विकेटले पराजित भएको थियो ।

त्रिकोणात्मक सिरिजमा नेपाल, पीएनजी र युएई रहेका छन् । सिरिजमा तीनै टोलीले ४/४ खेल खेल्नेछन् ।

नेपालको प्लेइङ ११:- कुशल भुर्तेल, असिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह एरी, रोहित कुमार पौडेल, विनोद भण्डारी, असिफ शेख, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, सागर ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *