एमालेले चैत ९ र १० गतेका लागि बोलायो केन्द्रीय कमिटी बैठक, उम्मेदवार छनोटको जिम्मा जिल्ला, प्रदेश र केन्द्रलाई

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छनोट जिम्मा जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तहका उम्मेदवार छनोट गर्ने जिम्मा जिल्ला, प्रदेश र केन्द्रलाई दिएको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छनोट गर्ने अधिकार जिल्ला प्रदेश र केन्द्रलाई छुट्टाछुट्टै दिएको एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

गुरुङका अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखको हकमा जिल्ला कमिटीले सिफारिस गरेर प्रदेश कमिटीले निर्णय गर्नेछ भने महानगरपालिकाको प्रमुख र उपप्रमुखका सम्बन्धमा जिल्ला र प्रदेश कमिटीको सिफारिस अनुसार केन्द्रले निर्णय गर्नेछ।

त्यस्तै बैठकले चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ । यस्तै चैत ७ गते पोलिटब्युरोको र १३ गते स्थायी कमिटीको बैठक बस्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *