इमोबिलेको कीर्तिमानी गोलमा लाजियो विजयी

एजेन्सी । इटालियन स्ट्राइकर किरो इमोबिलेले कीर्तिमानी गोल गरेको खेलमा लाजियोले महत्त्वपूर्ण जीत निकालेको छ । सोमबार राति भएको खेलमा लाजियोले भेनेजियालाई १-० गोलले हराउँदै शिर्ष ४ मा उक्लिने झिनो सम्भावनालाई जीवीत राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा लाजियोलाई जीत दिलाउन इमोबिलेले निर्णायक गोल गरे । ५५ औं मिनेटमा इमोबिलेले पेनाल्टीमा गरेको गोलनै लाजियोलाई जीत दिलाउन पर्याप्त रह्यो । विपक्षी खेलाडी डोमेन कर्निगोजले डि-बक्स एरियामा फावल गरेपछि लाजियोले पेनाल्टी पाएको थियो । यस गोलसँगै इमोबिल सिरि एमा लाजियोबाट सार्वधिक गोल गर्ने खेलाडी बनेका छन् ।

उनले भेनेजियाविरुद्ध १ सय ४४ गोल गर्दै सिल्भिओ पिओलाको नाममा रहेको १ सय ४३ गोलको कीर्तिमान झण्डै ८० वर्षपछि भङ्ग गरेका हुन् । पिओलाले १९३४ देखि १९४३ सम्म ९ वर्षकोबीचमा २ सय २७ खेल खेल्दै १ सय ४३ गोल गरेका थिए ।

जीतसँगै इमोबिल २९ खेलबाट ४९ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित भेनेजिया समान खेलबाट २२ अङ्कको साथ १८ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *