विश्वविद्यालयको शिक्षामा सुधार आवश्यकः शिक्षामन्त्री पौडेल

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ११ मा अवस्थित जनभावना क्याम्पसको ३१औँ वार्षिकोत्सव तथा डिजिटल जुम स्टुडियो फर इन्टरनेशनल कन्फरेन्स एवं जेबिसी खबर डटकमको उद्घाटन गर्दै उनले त्रिभूवन विश्वविद्यालयअन्तर्गत क्याम्पसलाई समयमै सुधार नगरे गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने गुनासो गरे ।

उनले भने, “यहाँका विश्वविद्यालय सुधार गर्न सरकार मात्रै नभएर सामूहिकरूपमा अघि बढ्नुपर्ने देखिन्छ । शिक्षालाई परम्परागतरूपमा मात्रै नभएर प्रविधिमार्फत पनि अघि बढाउनुपर्ने भएको छ ।”

शिक्षा सुधारका लागि आफूहरूले चार ऐन बनाएर विभिन्न निकायमा छलफलका लागि पठाएको उनको भनाइ छ । मुलुकमा अघि बढिरहेको माध्यमिक शिक्षा सुधारका लागिसमेत मन्त्रालयले काम अघि बढाइरहेको पौडेलले बताए । ।

“जमलस्थित केशर पुस्तकालयमा रहेका दस्तावेज आफूहरूले सङ्कलन गरी यसलाई प्रविधिमैत्रीमा रुपान्तरणसमेत गर्ने योजना अघि बढाएका छौँ”, उनले भने, “यस क्याम्पस वनमा फुल्ने लालिगुराँस झैँ मुलुकको सुन्दर क्याम्पस बनोस् भन्ने हामी चाहान्छौँ ।” मुलुकमा थुपै प्रशासनिक तथा कानुनी जटिलतासमेत रहेको उल्लेख गर्दै उनले मन्त्रालयले अघि बढाएका शिक्षाका योजनाले केही समयपछि पूर्णता पाउने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *