माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी सक्रियः प्रचण्ड

सुदूरपश्चिम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शक्तिहरुले षड्यन्त्र गर्दै आएको बताएका छन् ।

सोमबार सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा ठूलो षड्यन्त्र अन्तर्गत संसद विघटन भएको बताए ।

उनले भने, ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिंग थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाईन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’

माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिंग अन्तर्गतको षड्यन्त्र भएको र सो संघर्षमा केपी ओली एउटा माध्यम भएको उनको भनाई थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *