काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको बताएका छन् । सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफ्नै मन्त्रिपरषदबाट पास गरेर संसदमा एमसीसी लैजाँदा चुपचाप बसेको र अहिले विरोध गरेको भन्दै आपत्ति जनाएका थिए ।
सामाजिक संजालमार्फत त्यसको जवाफ दिँदै रावलले प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका हुन् । उनले एमसीसी संसदमा ल्याएका बेला आफू उपप्रधानमन्त्री नरहेको पनि दाबी गरेका छन् । उनले भनेका छन्, ‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरूद्धको कत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’
प्रमं देउवाले नुवाकोटमा मेरो बारेमा दिएको अभिव्यक्ति कति झुठा र उदण्डतापूर्ण छ, तथ्य हेरौं : pic.twitter.com/7aoA854K9I
— Dr. Bhim Rawal (@BhimRawal179) March 14, 2022
एमसीसीको विरोध गरेको भन्दै प्रधानमन्त्रीद्वारा रावलको आलोचना