यस्तो छ साढे चार करोडको लागतमा निर्माण गरिएको सहिदद्वार

धनुषा । जनकपुर ढल्केबर ६ लेन सडक आयोजनाअन्तर्गत मुजेलियामा जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको सहिदद्वार शुक्रबार साँझदेखि प्रयोगमा आएको छ । उपमहानगरपालिकाको करिब साढे चार करोडको लागतमा निर्माण गरिएको सहिदद्वार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उद्घाटन गरे ।

धनुष आकारको सहिदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा ताँदो चढाएको आकर्षक मूर्तिका साथै मधेस आन्दोलनका क्रममा शहादत भएका सहिद नितु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको शालिक राखिएको छ । ती सहिदको सामूहिक दाहसंस्कार सोही ठाउँमा गरिएको थियो ।

यसैगरी आन्दोलनका क्रममा शहादत भएका अन्य ११६ मधेसी सहिदको नाउँ पनि शिलापत्रमा कोरिएको छ । निकै भव्य र आकर्षकस्वरुपमा निर्माण सहिदद्वार निर्माण भएको छ । जनकपुरधामको गरिमालाई झल्काउने उक्त द्वारको सोही दिन साँझ धार्मिक अनुष्ठान पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *