USAID

रञ्जित मार्की प्लेयर, विष्णु गुरुङ मुख्य प्रशिक्षक

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को फ्रेन्चाइज टोली विराटनगर सिटी एफसी मार्की खेलाडी र मुख्य प्रशिक्षक सार्वजनिक गरेको छ । बिहीबार विराटनगर सिटीले विज्ञप्ति जारी गर्दै रञ्जित धिमाललाई मार्की प्लेयर र विष्णु गुरुङलाई मुख्य प्रशिक्षको रुपमा अनुबन्ध गरेको जनाएको हो ।

पहिलो संस्करणमा पनि विराटनगरको मार्की प्लेयर रहेका रन्जित धिमालले टोलीको कप्तानिको जिम्मेवारी समालेका थिए । रञ्जितले मछिन्द्रलाई लगातार दोस्रो वर्ष ए डिभिजन लिगको उपाधि जिताउन महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

यस्तै विराटनगरले विष्णु गुरुङलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । विष्णुले भखरै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब समालेका थिए । उनको प्रशिक्षणमा संकटा सातौं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *