म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरोमा पुरिएर १२ जनाको मृत्यु

म्यानमारको उत्तरी काचिन राज्यमा सोमबार अबेर राति एउटा जेड खानीमा पहिरो जाँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका प्रहरीले बताएको छ ।

पहिरोमा परी करिब ४० वटा जेड स्क्याभेन्जरहरू पुरिएका प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान १२ वटा शव फेला परेका छन् र उद्धारकार्य जारी रहेको प्रहरीले बताएको छ । काचिन राज्यको हपाकान्त टाउनसिपको माट लिन चाउङ गाउँको पुरानो जेड खानी स्थलमा राती २२ः३५ बजे गएको पहिरोमा मृत्यु हुनेको संख्या बढ्न स्थानीयवासीले बताएका छन् ।

काचिन राज्यमा, विशेष गरी हपाकान्त खानी क्षेत्रमा प्रायः घातक पहिरोह गइरेहको पाइन्छ । धेरै स्थानीयहरूले यस क्षेत्रमा जेड स्याभेजिङ गरेर आफ्नो जीवन निर्वाह गर्छन् । जुलाई २०२० हपाकान्त टाउनशिपमा एक जेड खानी साइटमा ठूलो गएको घातक पहिरोमा परी १७४ को मृत्यु हुनुको साथै अन्य ५४ घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *